+
+

शंका गर्नु पर्दैन, प्रहरी अनुसन्धानमा हस्तक्षेप छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १४:३२

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे प्रश्न गरेका थिए । जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको बताए ।

यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा कुनै शंका गर्नु पर्दैन । प्रहरी र गृह मन्त्रालयमा कुनै दबाव र हस्ताक्षेप छैन ।’

आफूले गृह मन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर आफूले भनेर प्रष्ट निर्देशन दिएको प्रधानमन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?