+
+

नेपाटपले सुरू गर्‍यो ‘डीडब्लूसी’ पाइपको उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:२२

काठमाडौं । नेपाटपले ढल निकास प्रयोजनमा प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइप उत्पादन सुरु गरेको छ । नेपाटप अर्गनाइजेसन अन्तर्गतको नुवाकोटको पिपलटारमा रहेको मनमैजु इण्डष्ट्रिज प्रालिले अत्याधुनिक प्रविधि सहितको मेसिनरी आयात गरी नेपालमा नै डीडब्लूसी पाइप उत्पादन सुरु गरेको हो ।

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन सुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मिमिदेखी १२०० मिमि गोलाइका पाइप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डीडब्लूसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।

उद्योगका अनुसार विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजाइन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएको थियो । नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पूँजी प्रयोग गरी नेपालमा नै यो पाइप उत्पादन सुरु गरेका कारण अर्थतन्त्रको सबलीकरणमा समेत महत्वपूर्ण भूमिका पुग्ने विश्वास कम्पनीको छ ।

विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो हुने कम्पनीको भनाइ छ ।

जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्रि सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनोट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुका कारण यो पाइप उपभोक्तहरुको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिंदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरुका लागि समेत डीडब्लूसी पाइप उत्कृष्ट हुने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?