+
+

प्रावि शिक्षकमा काठमाडौंबाट आवेदन दिनेलाई सच्याउने मौका

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १७:५६

४ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा काठमाडौं जिल्लाको लागि विज्ञापन नभएको तर फारम भरेकाले अन्य जिल्लाबाट प्रतिस्पर्धा गर्न पाउने जनाएको छ ।

आयोगले प्राथमिक तहमा काठमाडौं जिल्लाका लागि शिक्षक माग गरेको छैन । तर अनलाइन दरखास्त प्रणालीमा प्राविधिक त्रुटिका कारण कतिपय परीक्षार्थीको परीक्षा दिने जिल्ला काठमाडौं उल्लेख भएको पाइएको छ । त्यस्ता आवेदकलाई अन्य जिल्लाबाट प्रतिस्पर्धा गर्न दिइने निर्णय भएको आयोगले जनाएको छ ।

आयोगले सूचना जारी गर्दै काठमाडौं जिल्लामा प्रतिस्पर्धा गर्ने गरी दरखास्त दिएकाले काठमाडौं बाहेक अन्य जिल्लाबाट उम्मेदवार भइ प्रतिस्पर्धा गर्न चाहेमा ९ जेठको कार्यालय समयभित्र सम्बन्धित उम्मेदवार स्वयं उपस्थित भइ प्रिन्ट गरेको प्रवेशपत्र सहित आयोगमा निवेदन दिन अनुरोध गरेको छ ।

आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीको लागि विज्ञापन गरेको थियो । आयोगले सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?