+
+

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई हिमालयन बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १८:३२

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बूढानीलकण्ठमा रहेको काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेको छ । ३ जेठ बुधबार काठमाण्डौमा बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको जनाएको छ । संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सहयोग हस्तान्तरण रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?