+
+

सिटी होटलको आईपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १३:१९

५ जेठ, काठमाडौं । सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरिसकेको छ । यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएपछि सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको हो ।

शुक्रबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोब आईएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । जसमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएर १० लाख ९२ हजार ६६७ जनाको योग्य आवेदन परेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । यसरी आईपीओ बाँडफाँट गर्दा १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन् ।

कम्पनीले काठमाडौंको सोल्टीमोडमा हायात प्लेस ब्राण्डबाट पाँचतारे होटल सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?