+
+

बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:५५

५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।

नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?