+
+

सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:३४
फाइल तस्वीर

५ जेठ, काठमाडौं । सरकारले हिमाल बचाउ अभियान सुरू गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे संवेदनशीलता जगाउन सञ्जाल बनाउने उल्लेख गरे ।

उनले जलवायु परिवर्तनको संवेदनशीलता जगाउन र क्षतिको पुनरभरणको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निमार्ण गर्न पहल गर्ने घोषणा सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता बढाउने घोषणा सरकारले गरेको छ ।

नेपालको हिम श्रृंखलादेखि पहाड र तराईसम्म जलवायु परिवर्तनबाट परेको प्रतिकूल असरलाई न्यूनीकरण तथा वातावरणीय संरक्षण प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्त प्रविधि तथा ज्ञान र सीपको परिचालन गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?