+
+

वित्तीय अपराध र मिटरब्याजी नियन्त्रण गर्न अत्याधुनिक प्रविधिसहित सुरक्षा निकायलाई सक्षम बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १९:०४

५ जेट, काठमाडौं । सरकारले वित्तीय अपराध, मिटरब्याजी तथा साइबर अपराधलाई नियन्त्रण गर्नअत्याधुनिक प्रविधि सहित सुरक्षा निकायलाई  सक्षम बनाउने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आतंकवाद तथा संगठित अपराध, हिंसा,  लागु औसधको कारोबार र ओसापसार लगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने बताए ।

यस्तै अपराध पहिचान र नियन्त्रण गर्न डिजिटल फरेन्सिक ल्याबको सुदृढीकरण गर्ने  नीति तथा कार्यक्रममा उल्लेख छ।

क्रिप्टोकरेन्सी, हुण्डी, संगठित अपराध, अन्तरदेशी र अन्तराष्ट्रिय अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र लागुपदार्थ सेवन विरुद्ध समुदायको अगुवाईमा देशभै अभियान सञ्चालन गर्ने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?