+
+

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते ६:१९

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हरायो ।

गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।

गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्नेछ ।

अहमेदवादमा भएको दोस्रो सेमिफाइनलमा गोकुलम केरालले एक गोलले पछि परेको अवस्थामा पुनरागनमा गर्दा पाँचै गोलमा सावित्राको योगदान रह्यो । इन्दुमतिले पेनाल्टीमा पहिलो गोल गर्दा सावित्रालाई नै फाउल भएको थियो ।

खेलको १८औं मिनेटमा युमनाम कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई अग्रता दिलाएकी थिइन् । तर लामो समय टिकेन ।

३१औं मिनेटमा गोकुलम केरलाकी इन्दुमति काथिरेसनले बराबरी गोल गरिन् । पहिलो हाफको इन्जुरी टाइममा सावित्राले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा गोकुलमले तीन गोल थप्यो । सावित्राकै पासमा ५५औं मिनेटमा भिभियन र ७०औं मिनेटमा इन्दुमथिले गोल गरिन् भने सावित्राले खेलको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरिन् ।

जारी लिगमा ९ खेल खेल्दा ५ खेलमा ह्याट्रिक गरेकी सावित्राले सर्वाधिक २८ गोल गरेकी छन् । उनले एकै खेलमा ७ गोलसमेत गरेकी थिइन् ।

सावित्राले दुई पटक इन्डियन वुमन्स लिगको उपाधि जितिसकेकी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?