+
+

रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो, खानीगाउँ जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते ६:४०

६ जेठ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन् । शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए ।

आज बिहानैदेखि नियन्त्रणका लागि खटिने काउछाले बताए ।

डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?