+
+

विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १३:१२
जनकपुर विमानस्थल ।

६ जेठ, जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको  उडान नम्बर-५०२, ९एन-एजेएल  विमानको उडान स्थगित भएको हो ।

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।

‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन ।’

वुद्ध एयरले एक सूचना जारी गर्दै जनकपुरमा यात्रु लिन अर्को जहाज पठाइएको बताएको छ । ‘आज विहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२ र जहाज ९एन–एजेएल मा यात्रुले मुसा देखेको रिपोर्टिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्कोजहाज काठमाडौंबाट पठाइएको छ । तयस जहाज लाई हाम्रा टेक्निकल टिमले जाँच गरिरहेका छन्’ वुद्ध एयरले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?