+
+

एकीकृत समाजवादीका सचिव र पूर्वराज्यमन्त्री एमाले फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १८:२९

६ वैशाख, दाङ । एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् । शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेका स्वागत गरे ।

एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली र सचिव डिल्ली डाँगीसहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

एकीकृत समाजवादीले शुक्रबार नै पार्टीको हित विपरीत काम गरेको भन्दै सचिव विश्वासीसहित ६ जनालाई कारवाही गरेको थियो । एकीकृत समाजवादी जिल्ला कमिटी दाङले पनि अध्यक्ष, उपाध्यक्ष, सचिवलाई कारवाही गरेर शुक्रवार नै भूपबहादुर केसीको अध्यक्षतामा १७१ सदस्यीय कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?