+
+

भौतिकशास्त्र र व्यवस्थापन विभागले जिते मदन भण्डारी कप फुटसलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते १९:२७

६ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीले आयोजना गरेको चौथो मदन भण्डारी कप अन्तर विभागीय फुटसल प्रतियोगिताको उपाधि भौतिक शास्त्र केन्द्रीय विभाग र व्यवस्थापन केन्द्रीय विभागले जितेका छन् ।

कीर्तिपुरको कृनगर फुटस ग्राउण्डमा भएको प्रतियोगिताको पुरुषतर्फको उपाधि भौतिकशास्त्र विभाग र महिलातर्फको उपाधि व्यवस्थापन विभागले जितेका हुन् । पुरुषतर्फ स्कुल अफ म्यानेजमेन्ट दोस्रो भयो भने महिलातर्फ अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभाग दोस्रो भएको छ ।

जेठ ३ देखि ५ गतेसम्म सञ्चालित प्रतियोगितामा पुरुषतर्फको विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ पाएका छन् । त्यस्तै महिलातर्फको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता टिम तथा खेलाडीलाई एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरले पुरस्कार प्रदान गरे ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीको स्मृतिमा यो प्रतियोगिता गरिएको आयोजक संस्थाका मदन विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?