+
+

‘जोन वीक’ बन्यो सबैभन्दा सफल फिल्म श्रृंखला, विश्वब्यापी १ बिलियन डलरको कमाइ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ६ गते २०:१२

काठमाडौं । हलिउड फिल्म ‘जोन वीक’ आधिकारिकरुपमै एक बिलियन डलर कमाउने फ्रेन्चाइजी बनेको छ । केनु रिभ्स स्टारर लायन्सगेटको यो एक्सन शृंखलाका विश्वब्यापी ४१ बिलियन वटा टिकट विक्री भएका छन् । विश्व बक्सअफिसमा अब यसको कूल कमाई १.०११ बिलियन डलर पुगेको छ ।

‘जोन वीक’को चौंथो श्रृंखलाले अहिलेसम्म ४२५ मिलियन डलर कमाएको छ जुन सिरिजकै उच्चतम कमाइ हो । सय मिलियन डलरमा निर्माण भएको यो फिल्मले गत मार्चमा ७३.५ मिलियन डलरको ओपनिङ गरेको थियो ।

जोन वीकले प्रत्येक श्रृंखलासँगै कमाइमा सफलता प्राप्त गरिरहेको छ । सन् २०१४ मा रिलिज भएको पहिलो श्रृंखलाले ८६.१ मिलियन डलर कमायो । सन् २०१७ मा रिलिज भएको १७३.४ मिलियन डलर कमायो ।

चाड स्टेहेल्स्की निर्देशित चौंथो सिक्वेलमा अभिनेता रिभ्सले हिटम्यानको भूमिका निर्वाह गरेका छन् जसले हाई टेबल भनेर चिनिने शक्तिशाली संगठनको बिरूद्ध आफ्नो लडाई जारी राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?