+
+

कोलकातामाथि १ रनको जित निकाल्दै लखनउ प्लेअफमा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते ६:२१

७ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ ।

घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भयो ।

रिंकुले अविजित ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन बनायो । यस सिजन उत्कृष्ट फर्ममा रहेका रिंकुले ३३ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । ओपनर ज्यासन रोएले ४५ र वेनकाटेश अयेरले २४ रन बनाए ।

कोलकातालाई जितबाट रोक्न लखनउका रवि बिश्नोइ र यश ठाकुरले २/२ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नखनउले खराब सुरुआत गरेपनि निकोलस पुरनको उत्कृष्ट ब्यनटिङमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

सातौं नम्बरबमा ब्याटिङ गरेका पुरनले ३० बल खेल्दै ४ चौका र ५ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए । ७३ रनमै ५ विकेट गुमाएको लखनउका लागि पुरन र आयुष बदोनीले ७४ रनको साझेदारी गरे । बदोनीले २१ बलमा २५ रन बनाए । क्वेन्टन डे ककले २८ र प्रेरक मानकाडले २६ रन बनाए ।

कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २/२ तथा हर्शित राना र वरुण चक्रवर्तीले समान एक/एक विकेट लिए ।

जितपछि लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ । गत सिजन आईपीएलमा डेब्यु गरेको लखनउ लगातार दोस्रो सिजन प्लेअफ पुगेको हो । यसअघि नै साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ । लखनउले भने चौथो हुने टिमसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

प्लेअफ पुग्ने होडमा रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स छन् । आइतबार लिग चरणका अन्तिम दुई खेलपछि प्लेअफ पुग्ने थप एक टोली टुङ्गो लाग्नेछ ।

आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?