+
+

उपत्यका मेयर्स फोरम : आगामी वर्षमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्ने तयारी   

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १५:२०

७ जेठ, काठमाडौं । उपत्यका मेयर्स फोरमले काठमाडौं उपत्यकाका स्थानीय तहमा आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा ‘स्मार्ट स्ट्रिट लाइट’ र हाइमास लाइट जडान गर्ने तयारी थालेकाे छ ।

ललितपुरमा आइतबार बसेको उपत्यका मेयर्स फोरमको बैठकले आगामी वर्षको बजेटमै रकम विनियोजन गरेर यस्तो तयारी थालेको हो ।

‘स्मार्ट स्ट्रिट लाइट’ र हाइमास लाइटका लागि विनियोजित बजेटबाट एकमुष्ट रुपमा खरिद गर्ने निर्णय भएको मेयर्स फोरमका अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । यसका लागि सुझाव लिन नेपाल विद्युत प्राधिकरणसँग छलफल गर्ने निर्णय भएको फोरमले जनाएको छ ।

फोरमले सामुदायिक विद्यालयहरुमा निष्पक्ष रुपमा प्रधानाध्यापक छनोटका लागि सूर्यविनायक नगरपालिकाले अवलम्बन गरेको अभ्यासलाई अनुकरण गरेर उपत्यकाका अन्य स्थानीय तहमा पनि लागु गर्ने निर्णय गरेको छ ।

मेयर्स फोरमले ललितपुर महानगरपालिकाल लागु गरेको सडक सञ्जालमा आधारित घर ब्लक नम्बर सम्बन्धी परियोजनालाई अन्य पालिकामा अनुसरण गर्ने भएका छन् । बैठकमा उपत्यकाका १० वटा पालिकाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर भने अनुपस्थित थिए ।

उपत्यका मेयर्स फोरममा काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरु पदाधिकारी एवम् सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?