+
+

भोलिदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:१७
प्रतीकात्मक तस्वीर

८ जेठ, काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । ‘हफ अन हफ अफ बस’ मंगलबारदेखि परीक्षणका रुपमा चल्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन लागेका हुन् ।

बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ ।

नेपालमा लामो समयदेखि यस्तो सेवा थालनी गर्ने घोषणा गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?