+
+

न्युकासल २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते ७:१९

९ जेठ, काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि न्युकासलले शीर्ष चारमा स्थान सुरक्षित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

पछिल्लो पटक न्युकासलले सन् २००२-०३ को सिजन युरोपको ठूलो प्रतियोगिता खेलेको थियो । त्यसपछि पहिलो चरण पार गर्दै न्युकासल दोस्रो चरणसम्म पुगेको थियो ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरेको न्युकासल ३७ खेलबाट ७० अंकसहित चौथो स्थानमा छ । प्रिमियर लिगका जायन्ट्स क्लबहरु म्यानचेष्टर युनाइटेड र लिभरपुललाई समेत पछि पारेको छ । न्युकासलले सिजनको अन्तिम खेल हारे पनि पाँचौ स्थानको लिभरपुलले भेट्ने छैन । ३७ खेलबाट लिभरपुलको ६६ अंक छ ।

म्यान युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ र च्याम्पियन्स लिगमा छनोट हुन बाँकी दुई खेलबाट एक अंक आवश्यक छ ।

न्युकासलसँग बराबरी खेलेपछि लेस्टर भने रेलिगेसनबाट बच्न संघर्षरत छ । अब सिजनमा एक खेल मात्र बाँकी हुँदा लेस्टर पुछारबाट तेस्रो स्थानमा छ । लेस्टरको ३७ खेलबाट ३१ अंक छ ।  लेस्टर भन्दा अघि रहेको एभरटन ३७ खेलबाट ३३ अंकसहित १७औं स्थानमा छ ।

लेस्टर अन्तिम खेलमा वेष्टहमसँग बराबरी खेले पराजित भए रेलिगेसनमा पर्नेछ । लेस्टरले रेलिगेसनबाट बच्न अन्तिम खेल जित्नुपर्नेछ भने एभरटन एएफसी बर्नमाउथसँग पराजित हुनुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?