+
+
Shares

मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा चल्यो डोजर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० जेठ ९ गते १३:०७

९ जेठ, काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन सकेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिए ।

आयोजनाले ५ भदौ २०७९ र १७ फागुनमा गोरखापत्रमा सूचना निकालेर टहरा हटाउन निर्देशन दिएको थियो । उक्त सूचनापछि टहरामा बसोबास गरिरहेका स्थानीयहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए तर उच्च अदालतले ४ जेठ २०८० मा अन्तरिम आदेश दिएन ।

अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै घर टहरा हटाउन निर्देशन दिँदा पनि अटेर गरेकाले आज डोजर चलाएको उपनिर्देशक बरालले अनलाइनखबरलाई जानकारी दिए ।

‘जसले आयोजना अन्तर्गतको जग्गा हडपेर बसेको छ, उसलाई हामीले साविकमा जहाँ उक्त व्यक्तिको जग्गा रहेको हो, त्यहिँ जग्गा दिएका थियौं तर उहाँहरुले आयोजना अन्तर्गत रहेको जग्गामा नै दाबी गरेपछि डोजर लगाएर हटाएका हौं,’ बरालले अनलाइनखबरसँग भने ।

बरालका अनुसार टहरा धनीको जग्गा अयोजनासँगै जोडिएको भए पनि आयोजनामै टहरा धनीले दाबी गरिरहेका छन् ।

आयोजनाले बुधबार (भोलि) काठमाडौं महानगरपालिका क्षेत्रतर्फ आयोजनाको जग्गा अतिक्रमण हटाउन माइकिङ गर्ने भएको छ । ‘आज मध्यपुर ठिमी तर्फ भयो, काठमाडौं क्षेत्रमा पनि अतिक्रमित संरचना हटाउनुपर्ने छ, भोलि माइकिङ गर्छौं, टेर्नुभएन भने डोजर लगाउनुपर्ने हुन्छ ।’ महानगरपालिकाले काठमाडौंको माइतीघर क्षेत्रमा डोजर चलाउने तयारी गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?