१० जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधि सभामा छलफल भइरहेको छ ।
बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।
यसअघि संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेतासहितका प्रतिनिधि सभा सदस्यहरूले धारणा राखिसकेका छन् ।
छलफलका लागि बिहीबारसम्मका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।
त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4