+
+

चर्चित एक्सन फिल्म ‘अ लिजेन्ड’को दोस्रो श्रृंखलामा देखिंदै ज्याकी च्यान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १३:५४

काठमाडौं । प्रसिद्ध अभिनेता तथा मार्सल आर्टिस्ट ज्याकी च्यान सन् २००५ को ब्लकबस्टर फिल्म ‘अ लिजेन्ड’को दोस्रो श्रृंखलामा देखिने भएका छन् । उनले यो श्रृंखलामा पुरातत्व विज्ञ प्राध्यापक चेनको भूमिकामा अभिनय गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको छ ।

स्टेनली टोङ निर्देशित यो फिल्मले प्रशस्त एक्सन, रहस्य र फेन्टासीका दृश्यले दर्शकको मन जितेको छ । अभिनेता च्यान र निर्देशक टोङले यसअघि सफल फिल्महरु ‘पुलिस स्टोरी ३ : सुपर कप’ र ‘रम्बल इन द ब्रोन्क्स’ जस्ता फिल्ममा सहकार्य गरेका छन् ।

अभिनेता च्यानले फिल्ममा आफ्नो चरित्र चेनमार्फत हालै पत्ता लगाइएका कलाकृति र उनको सपनालाई सताउने रहस्य जेड पेन्डेन्टबीचको सम्बन्धलाई पत्ता लगाएर एउटा उल्लेखनीय यात्रामा निस्कन्छन् । यो यात्रामा उनले ग्लेसियर टेम्पलमा कलाकृति लुकाउने साहसिक कार्य सुरु गर्न अनुसन्धानकर्ताको समूहलाई भेला गर्छन् ।

ज्याकी च्यानसँग यो सिक्वेलमा कुङ फु योगामा आफ्नो भूमिकाका लागि परिचित प्रतिभाशाली कलाकार यिक्सिङ झाङ र ‘पुलिस स्टोरी’ २०१३ मा अभिनयले दर्शकलाई प्रभावित पार्ने कौली नाझा छन् । ४५० मिलियन डलरको बजेटमा निर्माण हुने यो फिल्ममा आकर्षक भिजुअल र मुटु धड्काउने एक्सन दृश्य समावेश गर्ने अपेक्षा फ्यानले राखेका छन् ।

प्रख्यात उत्पादन कम्पनी बोना फिल्म ग्रुपले निर्माण गर्दैछ भने ताइवानमा रहेको वितरण वर्कसपले विश्वव्यापी बिक्रीको व्यवस्थापन गर्नेछ । फिल्म निर्माण नहुँदै यसले विश्व फिल्म बजारमा महत्वपूर्ण चर्चा बटुलिरहेको छ । यसलाई फ्रान्समा जारी कान्स फिल्म फेस्टिभलको बजारमा समेत प्रस्तुत गरिने जनाइएको छ ।

फिल्मको अघिल्लो भागले विश्वव्यापी बक्स अफिस सफलता प्राप्त गरेको थियो । यसले विश्वभर १२० मिलियन डलर कमाउँदै हङकङमा समेत उत्कृष्ट कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?