+
+

‘भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार’का लागि सर्वश्रेष्ठ १० गीत छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १३:०२

काठमाडौं । गीतकार संघले स्थापना दिवसको अवसरमा स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । आगामी आइतबार हुने समारोहमा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल–२०७९ सम्मान प्रदान गरिने भएको छ ।

संघका महासचिव टीका राईले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई एक लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गर्ने जनाएका छन् । डायस्पोरा गीतकार सम्मान अमेरिकामा बसोबास गर्दै आएका गीतकार खेम रिजाललाई प्रदान गरिने भएको छ ।

विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान गीतकार भगत सुब्वालाई प्रदान गरिने भएको छ । उनलाई २५ हजार २५२ रुपैयाँसहित पुरस्कृत समेत गरिने भएको छ । राष्ट्रगानका रचयिता गीतकार प्रदीपकुमार राई (ब्याकुल माइला)लाई ‘गीतकार विशेष सम्मान’सहित १५ हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ ।

यसैगरी संघमा आवद्ध सदस्यले २०७९ सालका लागि दर्ता हुन आएका गीतमध्येबाट ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार’ गीतकार संघ नेपाल २०७९ सालका लागि उत्कृष्ट १० गीतहरू सार्वजनिक गरिएको छ ।

ती गीतमा उमेश लम्सालको एक मुठी सास, सञ्जीव पारदर्शीको ‘भुईं सोरी ढोगें है’, सुन्दर पन्तको ‘न त खेल हो’, गोविन्द शृंखलाको ‘आउँछु भन्यौं’, रत्नप्रसाद अनामणि श्रेष्ठको ‘आज मेरो कक्षामा’, मदन मावोको ‘ऐनाको अघि उभेर’, अरुण तिवारीको ‘जन्म र मृत्यु’, प्रेनिङ प्रयास राईको ‘गाउँघरको बोलीले’, घनबहादुर थापामगरको ‘छोड्दै थिए जन्म थलो’ तथा ध्रुवप्रसाद अम्गाईंको ‘जमानत गुमायौं’ छन् ।

संघमा आबद्ध सदस्यहरूले २०७९ सालका लागि दर्ता हुन आएका गीत पुस्तकमध्येबाट ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल–२०७९’ का लागि उत्कृष्ट तीन गीति पुस्तक छनोट गरिएको छ । जसमा गंगाराज मुकारुङको ‘यला ! यला !!’, गणेश श्रेष्ठ अपेक्षाको ‘गीतसँग अपेक्षा’ तथा टीका भट्टराई नेपालको ‘अनुभूतिका स्वरहरू’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?