+
+
Shares

तम्घास बजारको सडकमा पुनः कालोपत्रे काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १३:३९

११ जेठ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रको बाटो पुनः कालोपत्रे गन थालिएको छ । तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्किएसँगै सवारी साधानहरुलाई आवत-जावत गर्न जोखिम वन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको थियो।

कलोपत्रे सडक बजारका विभिन्न ठाउँमा भत्कीएर जीर्ण बनेपछि पुनःकालोपत्रे गर्न थालिएको हो। बजार क्षेत्रको सडक बिभिन्न समयमा मर्मत गर्ने काम पनि भएकै हो । तर बारम्बार बर्खाको समयमा सडकको अवस्था झनै जीर्ण बन्दै गएको थियो ।

हाल केही दिन यता तम्घास बजारकामा गरिएको पुनः कालोपत्रे गर्ने कार्यले तम्घास बजारको नयाँ सौन्दर्य आउने स्थानीय महाशर्मा भण्डारीले बताए ।

उनले समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए। अहिले भइरहेको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी गनुपर्नेमा जोड दिए।

तम्घास बजार क्षेत्रमा करिब २० वर्ष पहिले कालोपत्रे गर्ने कार्य गरिएको थियो । तर कालोपत्रे गरेको वषौं पछि सडकमा खानेपानीका पाइपहरु लगायत बिभिन्न निर्माण कार्यका कारणले सडक जीर्ण बन्दै गएको थियो ।

अहिले बजारलाई सुन्दर शहर बनाउने उदेश्यले पुनः कालोपत्रे गर्ने कार्य अगाडी बढाइएको हो । तम्घास बजारमा पुन कालोपत्रे गर्ने कार्य तीव्र गतिमा काम भइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

बजार क्षेत्रमा सडक जीर्ण हुँदा नागरिकले निकै शास्ती खेप्नु पर्ने अबस्था अब केहि दिनमै अत्य हुने पन्थीले बताए । यहि गतिमा काम भए अबको २ साताभित्र काम सम्पन्न हुने नगरप्रमुख पन्थीको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?