+
+

काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण थाल्न तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १२ गते २१:४४

१२ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौंको रत्नपार्क र महारानजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी छ ।

कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने कामभ धमाधम भइरहेका छन् ।

निर्देशनालयका प्रमुख प्रधानका अनुसार महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगतलाइनबाटै बिजुली वितरण गर्न तयारी सुरु भएको हो ।
‘भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन पूर्वाधार बनाउँदैछौं,’प्रधानले भने, ‘तार भूमिगत गर्ने काम सकिएका फिडरहरुमा क्रमशः यो काम गर्दै जाने योजना छ ।’

प्राधिकरणले सडकबाट उपभोक्ता घर र कार्यालयसम्म भूमिगत रुपमा तार लैजाने छ । र, मिटरमा जोड्ने छ । भूमिगत लाइनबाट बिजुली जोडेपनि केही महिना पोल भने हटाउने छैन ।

‘परीक्षण सफल भएपछि ओभरहेड लाइन पनि क्रमैसँग हटाउँछौं’ उनले भने । आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइनहरु चार्ज गर्ने प्राधिकरणको योजना छ ।

उनका अनुसार हिउँदमा काठमाडौंमा लोड बढेर वितरणलाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको छ । काठमाडौको वितरणलाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरणलाइन हटाउने दाबी गरेको छ । यसपछि इन्टरनेटका तार समेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?