+
+

आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९०० मेगावाट बिजुली थपिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:५४

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप हुने अनुमान गरेको छ।

यसका आधारमा सरकारले बिजुलीको निर्यातलाई नयाँ आर्थिक स्रोतको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पशे गरेको आगामी आर्थिक वर्षको बजेटमा बूढीगण्डकी जलाशययुक्त आयोजनासहित दूधकोशी, माथिल्लो अरुण, चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौं, सिम्बुवा खोला, घुन्साखोला आयोजनाको निर्माण अघि बढाउने घोषणा पनि भएको छ।

२ वर्षभित्र सबै घरपरिवारमा बिजुलीको सेवा दिने घोषणा पनि बजेटले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?