+
+

बजेट प्रभाव : सुरुवाती कारोबारमै सेयर बजारमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १२:४९

१६ जेठ, काठमडाौं । बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरेका छन् ।

जसले गर्दा मंगलबार सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१.७७ अंकमा बन्द भएको नेप्से मंगलबार ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९०.५२ अंमकसम्म झरको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो समाचार तयार गर्दै गर्दा १२ः४० मा नेप्से ४३.८५ अंकको गिरावट भएको छ ।

यस्तै कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?