+
+

महोत्तरीबाट २ ट्रक सालको काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते ८:०६

१७ जेठ, जनकपुरधाम । महोत्तरीबाट ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४ र ना.६ख. ६२७२ नम्बरको ट्रकलाई बर्दिबास नगरपालिका ५ स्थितबाट नियन्त्रणमा लिएको हो ।

दुवै ट्रकबाट १२१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको छ । काठको गोलिया सहिद दुवै ट्रक, दुवै ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।

बरामद गरेको एक हजार ५३३ क्यु फिट सालको काठ ८५ लाख ५२ हजार ४४५ मूल्य बराबरको रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

बरामद काठ, सवारी साधन र चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?