+
+

मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकछोप गरे : अर्थमन्त्री महत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १०:१३

१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दाबी गरेका छन् ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम हुने बताएका हुन् ।

बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको बताउँदै उनले परिस्थितिका कारण केही ठूलो बजेट बनेको बताए ।

सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने बताए । सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए ।

तर मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्दै मन्त्री महतले भने, ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?