+
+

विश्व बैंकले नेपाललाई दिने भयो १६ अर्ब ऋण, पौने ३ अर्ब अनुदान

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १७:२२

१७ जेठ, काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो ।

सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ ।

सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?