+
+

ललितपुरमा पर्यटकलाई स्तनपान कक्षसहितको शौचालय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते ११:०५

१८ जेठ, काठमाडौ । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण सुरु गरेको छ ।

शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले बिहीबार शिलान्यास गरेका छन् । उक्त शौचालयमामा स्तनपान कक्षसमेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।अपाङगता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।’

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए ।

शौचालयको शिलान्यास गर्दै मेयर चिरीबाबु महर्जन ।

उनले ९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिए । उनले भने, ‘शौचालय बसेर लामो सास तान्न पनि नगन्हाउने शौचालय निर्माण गर्छौ ।’

बाँकी शौचालय पनि क्रमशः निर्माण हुने उनले बताए । शौचालय निर्माणको ठेकेदारलाई समयमै काम सक्न अनुरोध गरे । शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ ।

६ वटा युरेनलसहितको तीन पुरुष शौचालय र ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसैगरी एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने उनले बताए । पर्यटकका लागि शौचालय निर्माण भएको यो संभवत पहिलो शौचालय हो ।

पीपीएण्डपी सिर्जनशील जेभीले यो शौचालय निर्माणको जिम्मा पाएको छ । यो योजनाका ठेकेदार सुन्दर लामाले सम्झौतामा उल्लेख भएकै समयमा शौचालय निर्माणको काम सक्ने  प्रतिबद्धता जनाए ।

महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए ।

पर्यटकलाई नै लक्षित गरेर बनाइएको सभवत पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?