+
+

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:२०
Photo Credit : PM Press

१८ जेठ, काठमाडौं । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

भारत र नेपालबीच सात सहमति

१. नेपाल–भारत पारवहन सम्झौता नवीकरण

२. अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने  सहमति ।

३. परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।

४. चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

५. ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए

६. फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति

७. नेपाल र भारतबीच  क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?