+
+

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १८:०६
मृतक शंकर कँडेल

१८ जेठ, चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरु प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार छन् । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै भाइ राजन कँडेलले आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका थिए ।

भरतपुर महानगरपालिका वडा नं. ३, बेलचोकस्थित आफ्नै कार्यालयमा वैशाख २० गते मंगलबार साँझ कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।

१९ वैशाखमा कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिमा आर्थिक संकट देखिएपछि केही शेयर बाँकी राखेर ८५ प्रतिशत शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्गटा र रावलले मानसिक दबाव दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?