+
+

गर्मी बढेपछि चितवनका चार पालिकामा विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते ८:४४

१९ जेठ, चितवन । गर्मी बढेपछि चितवनका ४ पालिकाले विद्यालय विदा दिएका छन् । अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै जिल्लाका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले विद्यालयहरु बन्द गराएका हुन् ।

चितवन जिल्लामा एक सातायता अधिकतम तापक्रम ३९ डिग्रीभन्दा माथि पुगेको छ । भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु बेहोस हुने, विरामी हुने जस्तो अवस्था देखिएपछि पालिकाहरुले सूचना निकालेर विद्यालय विदा दिएको जानकारी गराएका छन् ।

रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरेका छन् । विहीबार जारी सूचनामा ती पालिकाले गर्मीका कारण बालबालिकालाई पढाउन सक्ने अवस्था नरहेकाले पाँच दिन विद्यालय बन्द गरिएको उल्लेख छ । जेठ १९ गते स्थानीय विदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे विदा कट्टी हुने गरी विद्यालय बन्द गरिएको हो ।

खैरहनी नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै माडी नगरपालिकाले १९ गते र २१ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका नगर शिक्षा प्रमुख महेन्द्र पौडेलले महानगरपालिकाले गर्मीको अवस्था यही कायम रहेमा आगामी आइतबार निर्णय लिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?