+
+

कैलालीमा लागुुऔषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते ८:११

२१ जेठ, धनगढी । कैलालीमा प्रहरीले लागुुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका-५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ नै टीकापुर नगरपालिका-९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युुवकलाई लागुुऔषधसहित पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका-९ पुर्वीखैरीफाँटा बस्ने २५ वषर्ीय सागर कडारा रहेको जानकारी दिए ।

उनकाअनुुसार कडारालाई शंका लागेर चेकजाँच गर्ने क्रममा ९४० मिलीग्राम खैरोहेरोईनसहित उनलाई पक्राउ गरिएको हो ।

धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?