+
+

स्वीडेनमा ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै*

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १०:३०

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । *तर स्वीडेनमा ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता हुँदै छ ।

सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी प्रतियोगिता बन्न सक्छ ? तर स्विडेनमा स्विडिस सेक्स खेल महासंघले ८ जूनमा पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्दैछ ।

यद्यपि स्विडिस सेक्स खेल महासंघलाई त्यहाँको खेलकुद महासंघले सदस्यता प्रदान नगरिसकेको पाइएको छ ।

हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा

यो प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरुमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।

तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।

हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ । युरोपेली सेक्स च्याम्पियनसिपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ ।

आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकले टाइम्स अफ इन्डियासँग भनेका छन्– एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसंगत छ ।

के हो सेक्सुअल ओरिएन्टेसन ?

फरक–फरक मानिसहरुले छुट्टा–छ्ट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसुस गर्न सक्दछन् ।

यसमा अधिकांश विपरीत लिंगीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिंगको व्यक्तिसँग वा दुवै लिंगका व्यक्तिसँग पनि आकर्षित हुन्छन् ।

सेक्स च्याम्पियनसिपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रुपमा स्थापित गर्ने दाबी गरिएको छ ।

–हिन्दुस्तान टाइम्सबाट

(*स्वीडेनमा सेक्स खेल प्रतियोगिता आयोजना गर्न लागेको स्विडिस सेक्स खेल महासंघलाई त्यहाँको खेलकुद महासंघले सदस्यता प्रदान नगरेको पाइएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?