
२१ जेठ, काठमाडौं । सरकारले महँगा मोटरसाइकलले तिर्ने सडक निर्माण दस्तुर घटाएको छ । आर्थिक अध्यादेश २०८० ले २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा विगतमा लाग्दै आएको ५० हजार सडक निर्माण दस्तुर घटाएर अब २० हजार कायम गरिएको छ ।
४ सय सीसी नाघेको मोटरसाइकलको हकमा समेत अब १० लाख रुपैयाँसम्म मूल्य भएका मोटरसाइकललाई सहज हुने गरी सरकारले नीति ल्याएको छ ।
यसअघि ४ सय सीसी भन्दा माथिका मोटरसाइकलले १ लाख रुपैयाँ तिर्नुपर्ने नियम रहेकोमा अब मूल्यको १० प्रतिशत सडक दस्तुर तिरे पुग्ने छ । सरकारले २५० सीसी भन्दा तलको मोटरसाइकलमा लाग्दै आएको दस्तुर भने चलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4