+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

गोरखामा सेनाको स्वास्थ्य शिविरमा आठ सय बढीले लिए सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १७:५८

२१ जेठ, गोरखा। गोरखाको अजिरकोट गाउँपालिका भच्चेकमा नेपाली सेनाले संचालन गरेको बृहत स्वास्थ्य शिविरमा आठ सयभन्दा बढीले सेवा लिएका छन्।

गाउँपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय ८१ महिला र ३ सय ७२ जना पुरुष गरी कुल ८ सय ५३ जनाले स्वास्थ्य सेवा लिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए।

पालिकाभित्र बसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी संचालन भएको शिविरमा हाडजोर्नी, स्त्री रोग, चर्म रोग, नाक-कान-घाँटी, आँखा, जनरल ओपिडीलगायतका सेवाहरु प्रदान गरिएको थियो। ११ जना बिशेषज्ञ चिकित्सकले सेवा दिएका थिए।

शिविरमा सैनिक अस्पताल पोखरा, गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाबाट सहयोग प्राप्त औषधीहरु नि:शुल्क वितरण समेत गरिएको गणपती विष्टले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखरा र नम्वर ३ बाहिनी अड्डाको संयोजन रहेको थियो । शिविरकै अवसर पारेर नेपाली सेनाको नाममा भच्चेकमा रहेको ५ आना दुई पैसा जग्गा पालिकालाई हस्तान्तरण गरिएको छ।

भच्चेकबाट काँफलडाँडा हुदै लम्जुङ जोड्ने बाटो स्तरोन्नतीका लागी जग्गा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ। नम्वर ३ बाहिनीपति सहायक रथी गौरव कुमार केसीले एक कार्यक्रमका बिच उक्त जग्गा पालिकालाई हस्तान्तरण गरेका हुन्।

शिविरकै अवसरमा पालिका भित्र रहेका बिभिन्न बिद्यालयका बिद्यार्थी लक्षित जनचेतनामूलक कार्यक्रम पनि संचालन भएको थियो।शिविर स्थलमा वृक्षारोपण समेत गरिएको सेनाले जनाएको छ।विभिन्न प्रजातीका करिब दुई तीन सय बिरुवाहरु रोपिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?