+
+

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते २०:१३

२१ जेठ,बुटवल। पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।

मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बताए ।

उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनाका  मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी थापाले बताए ।

दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?