+
+

कार्तिक र कियाराको लभस्टोरी ‘सत्यप्रेमकी कथा’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १६:३५

काठमाडौं । कार्तिक आर्यन र कियारा आडवाणीको शीर्ष भूमिका रहेको बलिउड फिल्म ‘भूलभुलैया’ बक्स अफिसमा सफल रह्यो । अब यो जोडी अर्को फिल्म ‘सत्यप्रेमकी कथा’मा देखिंदैछ । सोमबार यो लभस्टोरी फिल्मको ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा कार्तिक र कियाराको प्रेमकथालाई दर्शाइएको छ । समीर विद्वान्स निर्देशित ‘सत्यप्रेमकी कथा’ आगामी २९ जुनमा रिलिज हुँदैछ । दुई मिनेट ३५ सेकेण्ड लामो ट्रेलर फिल्मको कथावस्तु बुझाउने प्रयास गर्छ ।

किरण श्रीकान्तको लेखन रहेको फिल्मलाई साजिद नाडियावाला, शरीन मन्त्री केडिया र किशोर अरोडाले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?