+
+

बजेट ‘रियालिस्टिक’बाट निक्कै टाढा गयो : सांसद वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १९:५६
फाइल तस्वीर

२२ जेठ, काठमाडौं । अर्थिविद् डा. स्वर्णिम वाग्लेले बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका वाग्लेले प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको बताएका हुन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै सासंद वाग्लेले बजेटलाई ‘रियालिष्टिक’ बनाउन निकै ढिला भैसकेको बताएका हुन् ।

सासंद वाग्लेले भूकम्प कोभिडले गर्दा बजेटको आकार ठूलो बनाउनु परेको बताए । भूकम्पपछिको बजेट पुनर्निर्माणका लागि ठूलो बनाइएको थियो । सो बेलादेखी बढेको बजेट बढ्ने क्रम नरोकिएको डा. वाग्लेले बताएका हुन्।

‘भूकम्प भन्दा एक वर्ष अघिको बजेट ६ खर्ब १९ अर्बको थियो, यसपछि ८ सय २० अर्ब पुग्यो । यसबेला यो आवश्यक पनि थियो । तर, पछिल्लो समय महत्त्वाकाङ्‍क्षा बढ्दै गएको देखिन्छ’ उनले भने ।

‘इतिहासमै सबैभन्दा सजिलो बजेट भनेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट हो । यो बजेट १३ अर्ब १५ अर्बको थियो। २ तिहाइ सासंद सहितको एकदलीय सरकार, भूकम्पबाट तंग्रिसकेको बजेट तर यो बजेट पनि ११ खर्ब १० अर्ब भन्दा खर्च हुन सकेन । यसलाई हामीले महत्वपूर्ण बजेट अभ्यासको रुपमा हेर्नुपर्छ’ सासंद वाग्लेले भने ।

पछिल्लो समय बजेट वास्तविक भन्दा निक्कै पर जान थालेको वाग्लेले बताए । पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट इतिहासकै ‘डपजास्टर’ र हावादारी बन्न थालेको टिप्पणी गरे । साथै उनले सो बजेटमा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको बताए।

‘अहिले सार्वजनिक भएको बजेटमा पनि नीतिगत भष्टाचारको विषय उठेको छ। यो विषय सत्य नहोस् म मन्त्री प्रकाशशरण महतलाई शुभकामना दिन पनि चाहान्छु’ उनले भने ।

१७ सय ५१ अर्बको बजेटलाई पनि पत्याउन सकिने स्थिति नभएको वाग्लेले बताए । ‘वैदेशिक अनुदान र ऋण परिचालन कमजोर बन्दै गएको छ। अब विस्तारै कोर्स करेक्सनमा जानुपर्ने तर सो हुन सकेको छैन। राजस्वको कर्मचारीको क्षमतामा कमजोरी बढ्दैछ। आर्थिक वृद्धिमा पनि सोही अवस्था देखिइरहेको छ। नयाँ सिराबाट काम गर्नुपर्ने देखिएको छ’ उनले भने ।

‘खर्च घटाउने त भनेको छ, तर कहाँ घटाउने खर्च पुनरवलोकन आयोगको रिपोर्ट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने अवस्था आएको छ । सामाजिक सुरक्षामा सरकारले ३७ लाख जनताले महिना महिना नै खातामा हालिदिएको छ । यो सकारात्मक विषय हो । यो गतिमा सधैं दिन सक्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?