+
+

सुर्खेतमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:०२

काठमाडौं  । पर्यटन र फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा आगामी असोज ४ गतेदेखि ६ गतेसम्म सुर्खेतमा महोत्सव हुन लागेको जानकारी दिइयो ।

‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव आयोजना गर्न लागिएको संयोजक तथा अन्तर्राष्ट्रिय रुपमै राम्रो कमाइ गरेको फिल्म ‘प्रेमगीत ३’का निर्माता चक्रबहादुर चन्दले बताए ।

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले फिल्म छायांकनको प्रचूर सम्भावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुनेगरी महोत्सव आयोजना गर्न आफूले सघाउने बताए । ‘कर्णाली नेपाली भाषाको उद्गम थलो भएकाले यहाँका कथा, कला, रीतिरिवाज, भेषभूषा, परम्परा र भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी हुने आशा मैले लिएको छु,’ उनले भने । उनले कर्णालीमा फिल्म छायांकनका लागि जाँदा सडकको दूरावस्थाले चुनौती सिर्जना गरेको भन्दै सडकको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, राप्रपा नेतृ कुन्तीकुमारी शाही, मध्यपश्चिम विश्विद्यालयका पूर्वरजिष्टार महेन्द्रकुमार मल्ल, कमेडियन हिमेश पन्त, फिल्म निर्मात्री रज्जु प्रधानलगायत उपस्थित थिए ।

महोत्सवमा दर्शन नेपाल क्रियसन प्रालि र वर्षाज फिल्म वर्क्स सिक्किमको ब्यानरमा निर्माण भएको लागुऔषधविरुद्धको सन्देश दिने फिल्मको प्रिमियर गरिने समेत जानकारी दिइयो । यो फिल्मलाई ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?