+
+

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे अर्थमन्त्रीले जवाफ दिए सदन चल्छ : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १३:२४

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको प्रश्नमा अर्थमन्त्रीको जवाफ माग गरेको छ ।

अन्यथा संसद अवरोध गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘प्रश्न उठेपछि अर्थमन्त्रीले जवाफ दिनुपर्छ । विषय प्रष्ट पारेपछि सदनको कामकारबाही अगाडि बढ्छ’, प्रमुख सचेतक परियारले अनलाइनखबरसित भने ।

एमाले र राप्रपाले भने यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सत्तारुढ दलहरुले अनावश्यक रुपमा यो विषय उठाउन खोजिएको भनी प्रतिवाद गरेका छन् । यही कारण मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन सकेन ।

निर्धारित समय भन्दा दुई घण्टा ढिलो हुन गए बैठक स्वतः स्थगित भएको मानिने प्रतिनिधिसभा नियमावलीमा छ । त्यसलाई ख्याल गर्दै संसद सचिवालयमा महासचिव भरतराज गौतमले मंगलबार बिहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो साढे १ बजे बस्ने गरी समय परिवर्तनको सूचना जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?