+
+

एञ्जे पोस्टेकोग्लु टोटनहमको नयाँ म्यानेजर बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १४:०६

२३ जेठ, काठमाडौं । सेल्टिकका प्रशिक्षक  एञ्जे पोस्टेकोग्लु प्रिमियर लिग क्लब टोटनहम जाने भएका छन् ।

पोस्टेकोग्लु लण्डन क्लब टोटनहमको म्यानेजर बन्न सहमत भएको बीबीसीले उल्लेख गरेको छ ।

५७ वर्षीय अष्ट्रेलियन पोस्टेकोग्लुले सेल्टिकमा आफ्नो दोस्रो सिजन सकाएका छन् । उनले सेल्टिकलाई दुवै पटक लिग जिताए भने यस सिजन डोमेस्टिक ट्रेबल जिताए ।

उनले सेल्टिक पुगेपछि ६ सम्भावित उपाधिमध्ये पाँच उपाधि जिताएर क्लबलाई शक्तिशाली बनाउन मद्दत गरेका थिए ।

गत मार्चमा एन्टोनिओ कोन्टेको बहिर्गमनपछि टोटनहम नयाँ म्यानेजरको खोजीमा थियो ।

यसबीचमा क्रिस्टियन स्टेलिनी र राएन मासोनले अन्तरिम कार्यभार सम्हालेका थिए ।

सम्झौताको अन्तिम निर्णयपछि आधिकारिक घोषणा हुने बीबीसीले जनाएको छ ।

सेल्टिमा जानुअघि उनले हेरेको एउटै युरोपियन टोली ग्रीक तल्लो लिगको पानाचाइकी (सन् २००८) थियो ।

पोस्टेकोग्लुले साउथ मेलवर्न र ब्रिसबन रोरबाट अष्ट्रेलियन लिग जितेका थिए भने योकोहोमा एफ मारिनोसबाट जापानमा जे लिग जितेका थिए ।

यस्तै २०१५ मा अष्ट्रेलियालाई एसियन कपको उपाधि जिताएका थिए । २०१९ मा माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि पोस्टेकोग्लु टोटनहमको स्थायी म्यानेजर बन्ने जोसे माउरिन्हो, नुनो इस्पिरितोफ सान्तो र कोन्टेपछिको चौथो म्यानेजर हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?