+
+

ओखलढुंगामा नयाँ पदयात्रा मार्ग घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १७:५०

२३ जेठ, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा नयाँ पदयात्रा मार्ग घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच नयाँ पदयात्रा मार्ग घोषणा गरेका हुन् ।

सो अवसरमा गत ७ मंसिरदेखि भएको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुंगा जिल्लाकै ३३५० मिटर उचाइमा रहेको थोलेदेम्बा डाँडामा भएको गल्फ खेल सर्भेक्षण सफल भएको वृत्तचित्र सार्वजनिक गरियो । खिजीदेम्बा गाउँपालिकाले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालसँगको समन्वयमा वृत्तचित्र सार्वजनिक गरिएको बताइएको छ ।

मन्त्री किरातीले पोकली झरना (१३० मि) हुँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान, गौरीवन, दोबाटेभन्ज्याङ, खिजीचण्डेश्वरी, खिजीफलाटे, चुप्लुभञ्ज्याङ थोलेदेम्बा ३ हजार ३५० मिटरसम्म ३ दिनको पदमार्ग र थोलेदेम्बा हुँदै पिके, दूधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्ग घोषणा गरे ।

पर्यटनमन्त्री किरातीले थोलेदेम्बा जस्ता ठाउँलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै देशको आर्थिक हैसियत उठाउन नीतिगत र बजेट व्यवस्थापन गरेर अघि बढ्ने बताए । उनले खिजीचण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न पहल लिने समेत बताए ।

गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले खिजीदेम्बालाई पर्यटन, कृषि लगायत क्षेत्रबाट अघि बढाउन गाउँपालिका नीतिगत रुपमै अघि बढेको र गाउँपालिकाले पहिचान गरेको नयाँ गन्तव्यको प्रवर्द्धनमा प्रदेश र संघले बजेट विनियोजन गरेर तदारुकता देखाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?