+
+

बोरामा ओर्जिनल लेखेर नक्कली मल र बिउ भित्रिन्छ : सांसद अग्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १२:०१

२४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् ।

‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ भन्ने उनको प्रश्न छ ।

जिल्ला कृषि कार्यालयमा मल र बिउ उपलब्ध नभएको भन्दै उनले आवश्यक परेको बेलामा नै मल र बिउ उपलब्ध पाउने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?