+
+

४७ वर्षअघिको गीत ‘नाच्देऊ मैच्याङ’को रिमेक ल्याउँदै शम्भुजीत बासकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १४:५६

नाच्देऊ मैच्याङ तिमी डम्फुको तालैमा

माया तिमी लाइदेऊ मलाई

बिहे गर्छु आउने सालैमा’

२०३३ सालमा मीरा राणासँग शम्भुजीत बासकोटाले रेडियो नेपालमा गाएको यो गीतको नयाँ संस्करण आउने भएको छ । गीत रेकर्ड भएको ४७ वर्षपछि शम्भुजीतले यो गीतको रिमेक गरेका हुन् । तर यसमा मीरा राणाको ठाउँमा शम्भुजितसँग पाल्मु शेर्पाको स्वर सुन्न पाइनेछ ।

‘अहिलेको पुस्तालाई हाम्रो संस्कृति र लोकलयबारे जानकारी दिन यो गीत पुनः रेकर्ड गरेको हुँ,’ शम्भुजीतले अनलाइनखबरसँग भने, ‘म संगीतमार्फत पुनः नयाँ पुस्तासँग जोडिन चाहन्छु । किनभने त्यतिबेला जुन मेलोडी र लोकलयमा हामीले बनाएका थियौं । त्यही आधारमा पुनः एकपटक गाउन सकिन्छ कि भनेर नयाँ कलाकारसँग मिलेर गाएको हुँ ।’

पछिल्लो समय मिडिया, सामाजिक सञ्जाल र रियालिटी शोमा कभर गीतको शैलीमा गीत गुञ्जिन थालेपछि आफूले गीत रिमेक गरेको उनले बताए । ‘पहिले यसको जुन स्वरुप छु । सोही आधारमा गीत गाउन सक्छु कि सक्दिन भनेर गाएको हुँ,’ शम्भुजीतले भने, ‘यो गीतको आफ्नै स्तर छ । मैले बीचमा रंगमञ्चमा पनि गाइरहेकै थिए ।’

दर्शकले यो गीतलाई म्युजिक भिडियोको माध्यममा पनि हेर्न पाउनेछन् । हरि हुमागाईंको निर्देशनमा धमाधम भिडियो छायांकन भइरहेको छ । गीतमा पल शाह र छिरिङ शेर्पाले अभिनय गर्दैछन् । पलले सामाजिक सञ्जालबाट यो गीतबारे जानकारी गराएका छन् ।

यसैबीच, सौर्य प्रोडक्सनसँग मिलेर शम्भुजीतले फिल्म निर्माणको गृहकार्य पनि थालेका छन् । यसअघि उनले ‘चौकादाउ’ फिल्म निर्माण गरेका थिए । ‘फिल्मको गृहकार्य पनि चलिरहेको छ । चाँडै यसबारे धेरै कुरा थाहा पाउनुहुनेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?