+
+

मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १९:५६

२४ जेठ, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने भएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् ।

उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको सहयोग रहेको छ ।

सात पटक विश्वकै उत्कृष्ट खेलाडी चुनिएका ३५ वर्षका मेस्सीले पहिलो पल्ट युरोप बाहिर खेल्ने निर्णय गरेका हुन् ।

उनले अर्को सिजन पनि युरोपमै खेल्न चाहेका थिए । तर युरोपेली क्लबबाट सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल(हिलाल मध्ये एक रोज्नु पर्ने बाध्यता थियो ।

साउदी अरबका लिगमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाले पाएको भन्दा बढी रकम उनले पाउन सक्थे । तर त्यो छाडेर मेसी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा परे ।

मियामीको जीवन शैली, विश्वकै ठूला ब्राण्ड एडिडास र एप्पलसँगको सम्झौता लगायतका कारणले उनी अमेरिकामा लोभिएको हुन सक्ने बिबिसीले जनाएको छ ।

२१ वर्षसम्म खेलेको बार्सिलोना त्यागेर उनी सन् २०२१ मा पिएसजी पुगेका थिए ।

उनी रहँदा दुवै सिजन पिएसजीले फ्रेञ्च लिग जितेको थियो । तर यसपालि च्याम्पियन्स लिगमा पिएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?