+
+

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ७:१२

२५ जेठ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो ।

आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । त्यसमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

बैठकमा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल हुने पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?