+
+

वेष्टह्यामले जित्यो युरोपा कन्फेरेन्स लिग को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ९:४८

२५ जेठ, काठमाडौं । इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २-१ ले हराउँदै वेस्टह्याम च्याम्पियन बनेको हो ।

युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता जितेपछि वेष्टह्यामले ४३ वर्षदेखिको उपाधि खडेरी तोडेको छ ।

वेष्टह्यामले पछिल्लो पटक १९८० मा एफए कप जितेको थियो ।

प्रागमा भएको खेलमा जारोर्ड बोवेनले खेलको अन्तिम समयमा गोल गरेपछि वेष्टह्याम विजयी भएको हो ।

त्यसअघि ६२ औं मिनेटमा सेद बेनराहमा पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।

तर ६७औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले फियोरेन्टिनाका लागि बराबरी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि ९०औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टह्यामलाई २-१ को जित दिलाए ।

च्याम्पियन बनेसँगै वेष्टह्यामले अर्को सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?