+
+

कृषि अनुदानमा करोडौं हिनामिना भएको छ : सांसद सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ११:३९

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले कृषि अनुदानमा करोडौं हिनामिना भएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले सबै प्रकारका कृषि अनुदान संसदमा पेश गर्न माग गरे । ‘कृषि अनुदान चाहे सरकारको होस् चाहे विदेशी दातृ निकायको होस् सम्पूर्ण अनुदान यो हाउसमा पेश होस्’ उनले भने ।

कृषि अनुदान पहुँचका आधारमा वितरण हुने गरेका कारण हिनामिना भएको उनको भनाइ छ । ‘त्यो अनुदान (कृषि अनुदान) दुरुपयोग भइराखेको छ । प्रदेश सरकारका मन्त्री, नातागोता र हामी माननीयहरुबाट पनि त्यो अनुदान आफ्नो फर्मबाट करोडौं हिनामिना भएको छ । त्यसको उचित जाँच होस्’ उनले भने ।

अनुदानमा मुछिएको पाइएको खण्डमा मन्त्री र सांसदहरुलाई समेत कारबाही गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?